१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o माघ २ मंगलबार २१:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चौथो टाइगर कप क्लब च्याम्पियनसिप : महिलातर्फ पुलिस शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार २१:२७:oo

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपतर्फ महिलामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ। प्रतियोगिताको मंगलबार पहिलो खेलमा महिलातर्फ पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। 

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी पुलिससँग २५–१०, २५–९ र २५–१६ ले पराजित भएको हो। पुलिसकी उषा भण्डारी म्यान अफ द म्याच घोषित भइन्। दोस्रो दिनको खेल सकिँदा समूह ‘ए’मा पुलिस शीर्ष स्थानमा रहेको हो। 

महिलातर्फ समूह ‘ए’मा पुलिसको दुई खेलमा चार अंक छ। एपिएफको एक खेलमा दुई अंक छ। गण्डकी अंकविहीन छ। समूह ‘बी’मा न्यु डायमन्डले एक खेलबाट तीन अंक जोडेको छ। आर्मी र हरियाणा टोली भारत अंकविहीन छन्। 

दोस्रो खेलमा आर्मी क्लबले पाहुना टोली भारतको हरियाणालाई ३–२ को कठिन सेटमा पराजित गर्‍यो। आर्मीले सुरुवाती सेट जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलमा पुनरागमन गर्दै जित हासिल गरेको हो। 

पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्मीले लगातार दुई सेट २५–१७ र १५–१२ ले आफ्नो पक्षमा पार्दै जित निकाल्यो। 

यसैगरी, पुरुषतर्फ श्रीलंकन आर्मी टोलीले एपिएफलाई ३–१ को सेटमा पाखा लगायो। पहिलो सेटमा २५–२३ ले आफ्नो पक्षमा पारेको एपिएफ त्यसपछिका तीन सेटमा लय गुमाउँदा १९–२५, २१–२५ र १३–२५ पराजित भयो। 

हेल्प नेपालले जित हात पारेको छ। हेल्प नेपालले आर्मीलाई ३–१ को सेटमा पराजित गर्‍यो। तीन पाकिस्तानी खेलाडीसहितको हेल्प नेपालले पहिलो र दोस्रो सेट २५–१८ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो। 

जितसँगै हेल्प नेपालले सेमिफाइनलको आशा बलियो बनाएको छ। समूहमा अब बुधबार हेल्प नेपाल र गण्डकीले खेल्नेछन्। सोमबार स्थगित भएको आर्मी र गण्डकीको खेल भने अझै तोकिएको छैन।