मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o माघ २ मंगलबार २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकमा चौतर्फी आक्रमण बढेको छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार २o:१४:oo

एमाले अध्यक्ष केपी ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको भन्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्ने बताएका छन्। 

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराउँदै अध्यक्ष ओलीले सद्भाव र एकता जरुरी रहेको बताएका हुन्। 

उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताउनुभयो। 

उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे। 

अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (संखुवासभा), रामअवतार यादव (सिराहा), केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा)लाई शपथग्रहण गराएका हुन्। 

त्यस अवसरमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो। गत २० पुसमा बसेको सचिवालय बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। (रासस)