१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टाइगर कप भलिबल : महिलातर्फ पुलिस र आर्मी तथा पुरुषतर्फ श्रीलंका र हेल्प नेपाल विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५६:oo

चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपमा दोस्रो दिनको खेलमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

पोखरामा जारी प्रतियोगिताको पुरुषतर्फ पाहुना टोली श्रीलंका आर्मी टिम र हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पारेका छन्।

मंगलबार सम्पन्न पहिलो खेलमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी २५–१०, २५–९ र २५–१६ अंकसहित पुलिससँग पराजित भयो।

खेलमा पुलिसकी उषा भण्डारी ‘टाइगर अफ द म्याच’ घोषित भइन्। दोस्रो दिनको खेल सकिँदा अंकतालिकामा चार अंकसहित पुलिस शीर्ष स्थानमा छ।

दोस्रो खेलमा पाहुना टोली भारतको हरियाणा टिमलाई आर्मी क्लबले ३–२ को सेटमा पराजित गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५–२० ले पछि पर्‍यो। खेलमा लयमा फर्कँदै हरियाणाले तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। २–१ ले पछि परेको अवस्थालाई उत्टाउँदै आर्मीले त्यसपछिका दुई सेट २५–१७ र १५–१२ ले आफनो पक्षमा पार्दै पाहुना टोलीलाई पराजित गरेको हो। खेलमा आर्मीकी सोफिया पुन ‘म्याच अफ द टाइगर’ घोषित भइन्।

यसैगरी, पुरुषतर्फको पहिलो खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमले एपिएफलाई ३–१ को सेटमा पाखा लगाउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्‍यो। खेलको पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको एपिएफले त्यसपछिका तीन सेटमा लय गुमाउँदा २५–१९, २५–२१ र २५–१३ ले पछि पर्‍यो। खेलमा श्रीलंकाका सजिथ केनुमारत्ने ‘म्याच अफ द टाइगर’ बने।

यसअघि, सोमबार सम्पन्न खेलमा सुखद् सुरुवात गरेको एपिएफले दोस्रो दिनको खेलमा त्यसलाई निरन्तरता दिन सकेन।

पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपालले जित हात पार्‍यो। खेलमा आर्मी हेल्प नेपालसँग १–३ को सेटमा पराजित भएको हो। तीन पाकिस्तानी खेलाडीसहितको हेल्प नेपालले पहिलो र दोस्रो सेट २५–१८ र २५–२० ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेटमा लय गुमाउँदा आर्मीसँग २५–२३ ले पछि पर्‍यो। खेलको चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले प्रतियोगितामा सुखद् सुरुवात गर्‍यो। खेलमा हेल्प नेपालका माझर अली ‘टाइगर अफ द म्याच’ घोषित भए।

ad
ad