मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Tuesday, 17 December, 2024
तस्बिर : बर्तौलाको फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २ मंगलबार १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न बर्तौलाद्वारा सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार १३:५२:oo

नेकपा एमालेका सचेतक महेश बर्तौलाले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको तत्काल मर्मत प्रक्रिया अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

उक्त सडक स्तरीकरणका लागि मंगलबार भौतिक पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्मा, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल र सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीलाई भेटेर ध्यानाकर्षण गराएको बर्तौलाले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सरकारले आवश्यक बजेट नदिएका कारण ऐतिहासिक महत्त्वको यो सडकको अवस्था अत्यन्तै कष्टकर बनेको छ। आजको  छलफलपश्चात् तत्काल कार्यान्वयन गर्ने गरी केही निर्णयहरूसमेत गर्न लगाएको छु। उहाँहरूले कार्यालयको तर्फबाट तत्काल काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

भेटमा सडकको तत्काल मर्मत प्रक्रिया अगाडि बढाउने तथा सडकछेउका जोखिम स्थानहरूमा सुरक्षा वाल राख्न तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्राप्त भएको सचेतक बर्तौलाले बताएका छन्।

उक्त सडकखण्डमा शनिबार कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाएका थिए। यो सडकखण्ड त्यसवेला बनेको थियो, जतिवेला उपत्यकामा मानिसले बोकेर गाडी भित्र्याउँथे। इतिहास लामो रहे पनि यो सडकखण्ड अझै अस्तव्यस्त र धरापपूर्ण छ ।