१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माघेसंक्रान्ति : रुरुधाममा गण्डकी स्नान गर्नेको लर्को

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३९:oo

माघेसंक्रान्तिको अवसरमा गण्डकी स्नान गर्नेहरूले रुरु बगर भरिएको छ । रुरुलाई नेपालका चार धाममध्येको एक मानिन्छ। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्न दर्शनार्थीहरू विभिन्न ठाउँबाट आउने क्रम सुरु भएको छ । 

अहिले तीन जिल्ला जोड्ने आकाशेपुल निर्माण भएपछि दर्शनार्थीलाई सजिलो बनाएको छ । सत्यवती गाउँपालिका– १ का ७६ वर्षीय नूरदेव पाण्डेयले बाँचुन्जेल माघीमा एकपटक गण्डकी पुगेर ननुहाए जीवन अपुरोजस्तो हुने बताए । ‘१०–११ वर्षको हुँदाबाट गण्डकी नुहाउन रुरु आएको सम्झना छ । वर्षमा एकपटक नआए जीवन अधुरो भएको महसुस गर्छु,’ उनले भने, ‘अहिले धार्मिक आस्थाका कारणभन्दा रमाइलोका लागि धेरै आएको देखेँ ।’ 

पाल्पा, गुल्मी र स्याङ्जाकै गण्डकी बगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको छ । ठूलो ठाउँको कारण व्यापार गर्नेहरू गुल्मीतिर धेरै बस्छन् । गण्डकी स्नानपछि पाल्पामा ऋषिकेश मन्दिर भएकाले दर्शनार्थीहरू भिड हुन्छ । स्याङ्जामा पनि भलिबल, र्‍याफ्टिङ र सांस्कृतिक कार्यक्रम हुने गर्दछन् । कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्युठान, रुपन्देही, पर्वत, बागलुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू आउने गरेको ऋषिकेष मन्दिरका पुजारी चुरामणि तिमल्सेनाले बताए । 

रुरु मेला व्यापारका दृष्टिकोणले समेत प्रख्यात मानिन्छ । व्यापारका लागि स्थानीयदेखि रुकुम रोल्पा र भारतीय व्यापारीसमेत रुरु आउँछन् । रुकुमेली काम्लो, रोल्पाको घाँजी र बागलुङका बाँसका सामग्रीले रुरु बगर भरिभराउ हुन्छ । जाडो मौसममा ज्यादै न्यानो र गुणस्तरीय हुने भएकाले काम्लोको व्यापार राम्रो हुने रुरुमा पछिल्लो समय रेडिमेट कपडाले स्थान पाउन थालेको छ । ऊनका कपडामा धेरैको ध्यान पुग्दैन । 

किनकि बलियो भएकाले महँगो पर्छ । तर, काम्लो बुझेकाले किन्ने छुटाउँदैनन् । आफूले ४० वर्षदेखि रुरु मेलामा खरिद गरेका काम्लोबाहेक केही प्रयोग नगर्ने मदाने गाउँपालिका– ४ का ६८ वर्षीय केदार केसीले बताए । रुरु मेलामा स्थानीय कृषि प्रदर्शनीसमेत गरिएको छ । रुरुसहित सत्यवती र छत्रकोटका किसानले कृषि उपज र रैथाने बालीको प्रदर्शनीको व्यवस्था मिलाएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए । उनले तीन जिल्लाको संगमस्थल भएकाले जिल्लागत समन्वय अभाव भए पनि स्थानीय वडा र पालिकासँग समन्वय गरेर सुरक्षा व्यवस्थालगायतका प्रबन्ध राम्रो गरिएको बताए । 
 

ad
ad