१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी एसियन कप फुटबल : चीन र ताजकिस्तानले खेले बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५८:oo

कतारमा जारी एएफसी एसियन कप फुटबलमा चीन र ताजकिस्तानले बराबरी खेलेका छन् । 

समूह ‘ए’मा रहेका चीन र ताजकिस्तानले गोलरहित बराबरी खेलेका हुन् । यही समूहमा रहेको आयोजक कतारले भने शुक्रबार लेवनानलाई हराएर महत्वपूर्ण तीन अंक बटुलिसकेको छ । 

खेल अवधिभर दुवै पनि टिमले गोलका लागि धेरै प्रभावशाली प्रहार गर्न सकेनन् । ९० मिनेटमा दुवैले जम्मा दुई–दुई प्रहार अन टार्गेट राखेका थिए । ताजकिस्तानले ५२ र चीनले ४८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । 

ताजकिस्तानले चार सय २७ पास खेल्दा चीनले सो अवधिमा तीन सय ९६ पास खेलेको थियो । त्यसअघि शुक्रबार सोही समूहमा रहेको आयोजक कतारले लेवनानलाई ३–० गोलले हराउँदै विजयी सुरुवात गरेको थियो ।

चीनले आयोजनाबाट नाम फिर्ता लिएपछि प्रतियोगिता आयोजना गर्ने मौका कतारले पाएको हो । एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा २४ राष्ट्र सहभागी छन् । युद्धमा फसेको प्यालेस्टाइनसमेत प्रतियोगितामा भाग लिएको छ ।

ad
ad