१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिका पूर्वसदस्यसचिव थापा तीन लाख धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:५४:oo

पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका डा. मिलनकुमार थापा धरौटीमा रिहा भएका छन्। विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले यस्तो आदेश दिएको हो। 

थापा बुधबार विशेषमा उपस्थित हुने निवेदन लिई आएका थिए। दुवै पक्षको बहसपछि विशेषले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा सदस्यसचिव थापासमेतले जलहरी निर्माण गर्ने क्रममा सुनको परिमाण तथा गुणस्तरमा अनियमितता गरेको भन्दै मुद्दा  दायर भएको थियो। थापासहित तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठसमेत यस मुद्दामा प्रतिवादी छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १४ असोजमा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो। एक हजार चार सय ९१ ग्राम सात सय १८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ।
 

ad
ad