रिलायन्स फाइनान्सले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटलसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छुट दिने सम्झौता गरेको छ ।
सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र पुष्पाञ्जली हस्पिटलका कार्यकारी अध्यक्ष चेतनाथ वाग्लेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार रिलायन्स फाइनान्सका ग्राहकले मेडिकल कलेज तथा पुष्पाञ्जली हस्पिटलले प्रदान गर्ने सेवामा २० प्रतिशतसम्म र फार्मेसीमा ७ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।