१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुरुष क्रिकेटको उपाधि स्याङ्जालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४o:oo

स्याङ्जाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा तनहुँलाई ८१ रनले हराउँदै स्याङ्जाले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले ३९ ओभर खेल्दै १० विकेटको क्षतिमा १८२ रन जोडेको थियो । १८३ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको तनहुँ २७.४ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । 

स्याङ्जाको जितमा ओपनर करण पंगेनीले अर्धशतक पूरा गर्ने क्रममा ९६ बलमा नौ चौका र तीन छक्कासहित ८२ रन जोडेका थिए । मिलन क्षेत्रीले १७ बलमा पाँच चौकाको सहयोगमा २७ रनको योगदान दिए । अर्का ओपनर ईश्वर क्षेत्रीले २१ बलमा दुई चौकासहित १३ र अंकित न्यौपानेले २६ बलमा १२ रन जोडेका थिए । टोलीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तनहुँका ओपनर समिर कँडेलले ४१ बलमा चार चौकाको सहयोगमा २७ रन जोडे । उत्सव श्रेष्ठले ५० बलमा तीन चौका सहित २६ र प्रदीप अर्यालले दुई चौका र एक छक्कासहित १४ रन बनाए ।

भण्डारीले लिए पाँच विकेट
फाइनलका म्यान अफ दी म्याच स्याङ्जाका तुलसीराम भण्डारीले सर्वाधिक पाँच विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राखी ३१ रन खर्चंदै पाँच विकेट लिए । विपिनराज न्यौपानेले १.४ ओभरमा ५ रन खर्चेर दुई विकेट हात पारे ।  तनहुँका लागि चन्द्रकान्त पौडेलले नौ ओभरमा ४६ रन खर्चेर दुई विकेट लिन सफल भए । प्रदीप अर्यालले सात ओभरमा ५४ रन खर्चेर दुई विकेट लिए । सादित्य बञ्जराले १४ रन खर्चेर दुई विकेट हात लिन सफल भए । 

पराजुली उत्कृष्ट बलर
प्रतियोगितामा तनहुँका सन्दीप पराजुली उत्कृष्ट बलर घोषित भएका छन् । उनले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिए । तनहुँका कृष ऐर म्यान अफ दी सिरिज भए । स्याङ्जाका ईश्वर क्षेत्री उत्कृष्ट ब्याट्सम्यान भए । विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले पुरस्कृत गरेका छन् । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २८ पुसबाट काठमाडौंमा सुरु भएको थियो । प्रतियोगितामा प्रदेशका ६ जिल्लाका ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । 

ad
ad