बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा वस्तुगत समिति गठन गरिएको छ । संघको विधानअनुसार उद्योगतर्फका ११ वटा र वाणिज्यतर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी वस्तुगत समिति गठनको प्रक्रियामा रहेको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।
संघमा २५ वटाभन्दा बढी वस्तुगत समिति छन् । वस्तुगत समिति गठनका लागि संघले कार्यसमिति सदस्यहरूलाई वस्तुगत समिति समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको थियो । सोहीअनुसार उद्योगतर्फ उद्योग उपाध्यक्ष र वाणिज्यतर्फ वाणिज्य उपाध्यक्षको नेतृत्वमा वस्तुगत समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
संघको अधिवेशन भएको तीन महिनाभित्र वस्तुगत समिति गठन गरिसक्नुपर्ने व्यवस्थाअनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एन्ड ट्राभल्स, ढुवानी व्यवसायी, फुड एन्ड वेभरेज, महिला उद्यमी समिति, ड्राइभिङ, ब्युटिपार्लर, होटेल–रेस्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फुटवेयर, कृषि तथा लाइभस्टक, क्याटरिङ तथा मिष्ठान्न वस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।
त्यस्तै, वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फुटवेयर तथा ब्याग, मोटर्स, औषधि, स्टेसनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, इलेक्ट्रोनिक्स, भाँडा तथा प्लास्टिक र मोबाइल वस्तुगत समिति गठन गरिएको वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले बताए ।
उद्योगतर्फ डेरी व्यवसायी वस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्याय र उपसभापतिमा जीवलाल न्यौपाने, टुर एन्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभातिमा वरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुंगाना र उपसभापतिमा विकास शर्मा आचार्य, फुड एन्ड वेभरेजको सभापतिमा दीपक बास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा सृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, ड्राइभिङको सभापतिमा कवीन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ ।
उद्योगतर्फ नै ब्युटिपार्लर वस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटेल तथा रेस्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी, होजेरी गार्मेन्ट तथा फुटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाइभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह, क्याटरिङ तथा मिष्ठान्न वस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।
त्यस्तै, वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शंकर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापतिमा माधव पोखरेल, फुटवेर तथा ब्याग सभापतिमा विजयकुमार वर्णवाल र उपसभापतिमा लक्ष्मण पाण्डे, मोटर्स वस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि वस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेसनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।
त्यस्तै, हार्डवेयर वस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ, इलेक्ट्रोनिक्सको सभापतिमा सुशीलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी, भाँडा तथा प्लास्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोबाइल वस्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।