मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २४ मंगलबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनसेल सेयर किनबेच छानबिन समितिको म्याद सकियो

१५ माघसम्मको म्याद थप्न समितिको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १४:११:oo

एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन तथा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको म्याद सकिएको छ। २४ मंसिरदेखि काम थालेको समितिको म्याद मंगलबार सकिएको हो।

तर, छानबिन अझै टुंगो नलागिसकेको समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले जानकारी दिए। उनका अनुसार समितिले सरकारसमक्ष १५ माघसम्मको म्याद थप गर्न प्रस्ताव गरेको छ।

सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा नेपाल सरकारका तर्फबाट फणीन्द्र गौतम, अर्थ मन्त्रालयबाट रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले छन्।

शाक्यले एनसेल सेयर खरिद–बिक्रीमा करको विषयमा केन्द्रित अध्ययन गरिरहेका छन् भने भण्डारीले दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारभित्रका विषयवस्तुमाथि अध्ययन गरिरहेका छन्।