१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Monday, 30 September, 2024
श्रवण थापा सर्लाही
२o८o पौष २४ मंगलबार o८:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बरहथवा घटना  : गृहको छानबिन समितिले थाल्यो अनुसन्धान

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o८:५९:oo

गृह मन्त्रालयले गठन गरेकोे छानबिन समितिले बरहथवा घटनाको अनुसन्धान थालेको छ । गत शुक्रबार बरहथवामा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि गृहले शनिबार सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । आइतबार राति अबेर सर्लाही आइपुगेको टोलीले सोमबार बिहानैदेखि अनुसन्धान थालेको हो ।

छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन् । समितिले सदरमुकाम मलंगवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग बैठक बसेर आवश्यक जानकारी लिएको छ । टोलीले प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाली सेनाका प्रमुख सेनानी सूर्यबहादुर कार्की, नेपाल प्रहरीका उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगेलसहित जिल्लास्थित सुरक्षा अधिकारीहरूसँग विवरण लिएको हो ।

समितिले सोमबार बरहथवा नगरपालिकास्थित विभिन्न घटनास्थलको स्थलगत अवलोकनसमेत गरेको थियो । यस्तै, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेकोे छानबिन समितिका संयोजक गौतमले जानकारी दिए । समितिले गत शुक्रबार प्रहरीको गोली लागेर साहको मृत्यु भएको घटनासहित समग्र घटनाको सत्यतथ्य छानबिन गर्ने छ । शनिबारबाट सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समयावधि पाएको समितिले सरोकारवाला पक्षहरूसँग छलफल गरी प्रतिवेदन पेस गर्ने जनाएको छ ।

स्थानीय प्रशासन र पीडित पक्षबीच आइतबार ११ बुँदे सहमति भएको थियो । आफन्तले शव बुझेर सोमबार पोस्टमार्टपछि बागमती नदी–किनार खर्साल घाटमा साहको दाहसंस्कार गरिएको छ ।