१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

ड्यालसमा कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’माथि चर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५८:oo

कृष्ण कुसुमको ‘पार्श्वधुन’ पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका वक्ताहरूले प्रवासी जनजीवनका विषयलाई मिहिन ढंगले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा समीक्षकको रूपमा लेखक सतिश त्रिपाठीले कथाकारको लेखनलाई झन्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रूपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे। उनले संग्रहमा संग्रहित १३ वटै कथाको विषयले आफूलाई छोएको बताए।

साथै, हरेक कथाहरूमा उपकथाहरू जोडिएर आएको उल्लेख गर्दै हरेक कथा उपकथासंग्रह भएकोले यौटै कथामा पनि विविध विषय समेटिएकाले यो संग्रह आफूलाई विशेष लागेको बताए।

त्यसैगरी, अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरू भएकाले सबै कथामा आफ्नै कुराहरू आएको टिप्पणी गरिन्। एउटा पुरुष लेखकले महिलाको कुराहरू महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिइन्। साथै, कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरूले आफूलाई पूर्वी पहाडको बाल्यकालमा पुर्‍याएको भन्दै उनले कथाकारको लेखनशैलीको प्रशंसा गरिन्।

कार्यक्रमका अन्तिम टिप्पणीकार भीम कार्कीले ‘पार्श्वधुन’मा विदेशी परिवेश, नेपाली राजनीति, सामाजिक चेतना र मनोविज्ञान गरी चारवटा पजषय सजीव रूपमा चित्रण भएको व्याख्या गरे। कति कथा पढ्दा आफैँलाई जिरिंग बनाएको बताउँदै कथाकार विषय छनोटमा आँटिलो भएको र उठाएको विषयलाई राम्रोसँग न्याय गर्न सफल भएको बताए।

अन्त्यमा लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पूरा गर्न अरूले लेख्न छुटाएको विषयलाई प्रमुख विषय बनाएर कथा लेखेको बताए।

ad
ad