१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लक्षण लुकाउँदा महिलामा क्यान्सरको जोखिम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:११:oo

तीन महिनादेखि गुल्मी (४६)लाई स्तनमा गिर्खा देखिएपछि भोक र निद्रा पर्न छोडेको छ। उनले आफ्नो पीडा घरका कसैलाई भनेकी छैनन्। सामान्य समस्या होला भनेर कतै अस्पताल पनि गएकी छैनन्। सामाजिक सञ्जालमार्फत स्तन क्यान्सरसम्बन्धी जाँच र अभिमुखीकरण हुने पत्तो पाएपछि शनिबार बिहानै बालमन्दिर आइपुगिन्।
 
करिब डेढ घन्टा विशेषज्ञ डाक्टर सञ्जय पाण्डेयले सञ्चालन गरेको प्रशिक्षणमा सहभागी भइन्। पाण्डेयले निकै गाउँले भाषामा विशेष गरेर स्तन क्यान्सर, क्यान्सरका लक्षण, उपचार र बच्ने उपायहरूबारे अभिमुखीकरण गरे। 

गुल्मी (४६) ले डाक्टर पाण्डेयलाई आफ्ना पीडा सुनाइन्। तर, त्यो सामान्य समस्या रहेछ। ‘मैले बेलैमा चेकजाँच गरेको भए पीडा बोकेर हिँडनुपर्ने रहेनछ। मेरोजस्तो समस्या क्यान्सर पनि हुने रहेछ,’ उनले भनिन्, ‘कार्यक्रमले निकै फाइदा पुग्यो।’ 

डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन तथा रोटरी क्लब अफ रेसुंगा गुल्मीको संयोजनमा स्तन क्यान्सरको जाँच तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो। 

सोही अवसरमा अभिमुखीकरण गर्दै डा. पाण्डेयले धेरै महिलाले रोगको लक्षणलाई बेवास्ता गर्दा समस्या बल्झिएर मृत्युको मुखमा पुग्ने गरेको बताए। 

‘लक्षणको ख्याल नगर्ने र लक्षण देखिएपछि उपचारभन्दा मानसिक रूपमा विक्षिप्त हुने परिपाटी बढी छ। क्यान्सरको लक्षण देखिनेबित्तिकै विज्ञलाई भेटौँ,’ उनले भने, ‘बेलैमा उपचार भए मर्न पर्दैन।’

शिविरमा दुई सय ४९ महिला र दुईजना पुरुषले सेवा लिएका थिए। रोटरी क्लब अफ रेसुंगाका उपाध्यक्ष गुणानिधि पाण्डेले नसर्ने रोगहरूको समस्या गाउँसम्म निकै फैलिएको र उपचारमा मान्छेसँगै सम्पत्ति सकिने अवस्था रहेकाले सचेत बन्नु नै ठूलो बुद्धिमानी हुने बताए। सामुदायिक स्वास्थ्य सचेतना निकै आवश्यक रहेकाले आफूहरूले तम्घासमा स्तन क्यान्सरको जाँच र अभिमुखीकरण गरेको बताए। 

कार्यक्रममा रेसुंगा नगरपालिकाकी उपमेयर अमृतादेवी कुँवरले व्यक्ति, परिवार र सामुदायिक सोच, डर र लाज तथा आर्थिक अभावलगायतका कारणले कैयौँले क्यान्सर रोगसँग जुध्न परिरहेको बताइन्। 

उनले स्तन क्यान्सरको जाँच तथा अभिमुखीकरण गरेर सयौँ महिला लाभान्वित बन्ने अवस्था सिर्जना गरेकोमा फाउन्डेसन र क्लबप्रति खुसी व्यक्त गरिन्।  
 

ad
ad