Skip This
एउटै हलमा सिंगो नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
प्रदर्शनीमा राखिएका तस्बिर नियाल्दै गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा
२o८१ बैशाख २६ बुधबार १३:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एउटै हलमा सिंगो नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:३७:oo

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा बागलुङ महोत्सवमा आयोजित फोटो प्रर्दशनीमा राखिएका तस्बिरहरू नियाल्दै हिँडे। उनी बागलुङकै प्रसिद्ध धार्मिक स्थल, बागलुङ कालिकादेखि गण्डकी प्रदेश र सिंगो नेपालका विभिन्न पर्यटकीय धार्मिक स्थान र संस्कृति झल्कने विभिन्न समुदायको वेशभूषामा आधारित परम्परागत संस्कृतिको फोटो हेर्दै थिए। उनलाई यहाँ राखिएका विभिन्न फोटो हेर्न करिब १५ मिनेट लाग्यो। सबै तस्बिर हेर्दा  सिंगो नेपाल घुमेको महसुस भएको उनले सुनाए। 

सातौँ बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीले नेपालमा पनि यस्ता ठाउँ र संस्कृति छन् भन्ने जानकारी भएको उनले बताए। थापाले यो अवधिमा बागलुङको ढोरपाटनदेखि मुगुको रारासम्म हेर्न भ्याए। गण्डकी प्रदेशभित्रकै पर्यटकीय केन्द्रहरू नियाल्दै उनले अझै धेरै ठाउँ त जानै बाँकी रहेछ, कहिले जाने होला भन्दै नियाले।

मन्त्री थापाले नेवार, मगर, गुरुङलगायत विभिन्न जातजातिका वेशभूषा र उनीहरूको संस्कृति झल्कने फोटा नियाल्दै गए। आफ्नै गाउँठाउँमा पनि यति राम्रा पर्यटकीय स्थान र राम्रो मौलिक संस्कृति भएको बुझ्न पाएको उनको प्रतिक्रिया थियो। ‘यो ठाउँमा त पुनः एकपटक पुग्नुपर्ने नै भयो,’ जिल्लाकै बेलढुंगाको तस्बिर देखाउँदै उनले भने, ‘कति ठाउँ त म पहिले नै पुगिसकेको छु। नपुगेको ठाउँमा फोटो हेरेपछि पुग्न मन लाग्यो।’

बागलुङकै गलकोट दरबार, घाइघाट झरना, ढोरपाटन, तमानगाउँ, बुढाथोक गाउँ, निसेलढोरलगायतका ठाउँको तस्बिर हेरेपछि एकपटक पुग्न पाए हुन्थ्यो भन्ने महसुस भएको फोटो हेर्न पुगेका युवा बालकृष्ण शर्माले सुनाए। ‘बागलुङको कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालयहरू हामी पटक-पटक पुग्ने गरेका ठाउँ हुन्, फोटो हेरेपछि अझ धेरै ठाउँ पुग्न बाँकी रहेछ भन्ने लागेको छ,’ शर्माले भने।

गण्डकी प्रदेशस्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ३ नम्बर हलमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ। प्रदर्शनीमा राखिएका तस्बिर आकर्षक र मनमोहक लागेको शर्माले बताए। ‘धेरै ठाउँमा त हामी आफैँ पनि पुगेका थियौँ। त्यो समयमा आँखाले नियाल्न नपाएका कुरा यहाँ फोटोमा नियाल्न पायौँ,’ उनले भने।

बागलुङ महोत्सको सन्दर्भमा आयोजना गरिएको तस्बिर प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव सुरु भएपछि दैनिक हजार बढीले फोटो प्रदर्शनीको अवलोकन गर्दै आएकाे प्रदर्शनीका संयोजक रूपेश सापकोटाले बताए। ‘फोटो हेर्नका लागि प्रवेश शुल्क लिएका छैनौँ, दैनिक हजारजनाको हाराहारीमा अवलोकनका लागि आउनुहुन्छ,’ उनले भने, ‘मन परेको तस्बिर किनेर लैजाने व्यवस्था पनि मिलाएका छौँ।’ बागलुङसँगै देशका विभिन्न स्थान र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँ र मौलिक सांस्कृतिक परम्परा तथा जनजीवन समेटिएका तस्बिरहरू प्रदर्शन गरिएको सापकोटाले जानकारी दिए।

एक लाख ५० हजार रुपैयाँ लगानी गरेर फोटो प्रदर्शनीको आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन प्रवर्द्धन तथा कृषि प्रदर्शनी उपसमिति संयोजक अर्जुन चोखालले बताए। ‘विशेष गरी तस्बिरमा दख्खल राख्ने व्यावसायिक फोटोग्राफर र पत्रकार साथीभाइहरूसँग सहकार्य गरेर हामीले यो व्यवस्थापन मिलाएका छौँ,’ चोखालले भने, ‘फोटोको प्रिन्ट र यहाँको व्यवस्थापनका लागि बागलुङ उद्योग वाणिज्य संघले डेढ लाख रुपैयाँ लगानी गरेको छ।’ फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उनले बताए।

तस्बिरमार्फत पर्यटकमा कौतुहलता पैदा गर्ने प्रयास गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल बताउँछन्। ‘अहिले घुमफिर गर्ने चलन धेरै नै बढेको छ, त्यसैले पनि हामीले विशेष गरी बागलुङ र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँहरूलाई फोकस गरेर यो प्रदर्शनी गरेका छौँ,’ उनले भने, ‘धेरैभन्दा धेरैलाई फोटो देखाएर यहाँका पर्यटकीय ठाउँहरूको बारेमा मनमा खुल्दुली र जिज्ञासा जगाउन सकियो भने त्यसबाट भोलिका दिनमा बागलुङले लाभ लिन सक्छ भनेर हामीले निःशुल्क प्रवेश दिएका हौँ।’

धार्मिक एवं पर्यटकीय ठाउँसँगै बागलुङको कला संस्कृति र परम्परा तथा जनजीवन समेटिएको उनले बताए। महोत्सवमा स्थानीय उत्पादनबाट बनेका सामग्रीहरूको स्टल पनि दर्शकको आकर्षणको केन्द्रविन्दु बनेको छ। महोत्सव आज शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

ad
ad