१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Wednesday, 03 July, 2024
२o८o पौष २० शुक्रबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार ११:२३:oo

महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको छ। पुरुष राजनीतिकर्मीको तुलनामा महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको हो। 

कर्णाली फाउन्डेसनले आयोजना गरेको ‘महिला राजनीतिकर्मीलक्षित अनलाइन हिंसा, उत्पीडन र गलत सूचनासम्बन्धी रिपाेर्टमाथि छलफल तथा डिजिटल सारक्षता र साइबर सुरक्षा विषयक’ अन्तर्क्रिया कार्यक्रममा महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको बताएका हुन्। 

पछिल्लो समयमा बढ्दै गरेको साइबर हमलाका कारणले महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको कर्णाली प्रदेशका सांसद कल्याणी खड्काले बताइन्। ‘पुरुष राजनीतिकर्मीभन्दा महिला राजनीतिकर्मीमाथि साइबर हमला बढ्दो छ,’ उनले भनिन्, ‘यसबाट बच्नका लागि साइबर सुरक्षा आवश्यक छ।’

साइबर सुरक्षामा कमजोर रहेको नेपालमा राजनीतिकर्मीमाथिको हमला बढ्दै गएको र यसबाट सचेत रहन आवश्यक रहेको कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति घनश्याम खड्काले बताए। ‘नेपालमा साइबर सुरक्षा त्यसै कमजोर छ,’ उनले भने, ‘यसबाट बच्नका लागि सबै सचेत रहन आवश्यक छ।’

राजनीतिमा लागेका महिलामाथि झन् बढी साइबर हमला हुने गरेको त्यसबाट आफू पनि पीडित रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन्। ‘पछिल्लो समयमा सोसल मिडिया तथा अन्यबाट महिला राजनीतिकर्मीमाथि हमला हुने गरेको छ,’ उनले भनिन्, ‘यसबाट बचाउनका लागि आफैँ सचेत रहन जरुरी छ।’

ad
ad
ad
ad