१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष २० शुक्रबार ११:०४:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० पौष २० शुक्रबार ११:०४:००

कास्की जिल्लाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बाग्लुङलाई १५३ रनको फराकिलो अन्तरले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको कास्कीले ४६ ओभरमा नौ विकेटको क्षतिमा २६७ रनको विशाल योगफल तयार गरेको थियो ।

बाग्लुङ २४.१ ओभरमा अलआउट हुँदै ११५ रनमै समेटियो । बाग्लुङका रविन कार्कीले सर्वाधिक १५ रन जोड्न २१ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि कास्कीको ब्याटिङमा दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । मुस्कान थापाले ८९ बलमा १० चौकाको सहयोगमा सर्वाधिक ७४ रन जोडे ।

कप्तान विपिन खत्रीले ३६ बलमा सात चौका र दुई छक्कासहित ५० रन बटुले । ओपनर रोहित चन्दले १९ बलमा चार चौका र एक छक्कासहित २९ रन जोडे । आदित्य थापा २१ रनमा अविजित रहे । कास्कीका कृष्ण पौडेलले सात ओभरमा एक मेडनसहित ३३ रन खर्चेर तीन विकेट लिए ।