प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।
सल्लाहकार गजुरेलले दिएको राजीनामा २० मंसिरदेखि लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले गत माघमा गजुरेललाई मुख्य सल्लाहकारका रूपमा नियुक्त गरेका थिए।