१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएस आइक्युबको नेपालमा एक लाख किलोमिटर पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o३:oo

 टिभिएसको विद्युतीय स्कुटर आइक्युबले नेपालमा एक लाख किलोमिटरको यात्रा पूरा गरेको छ । नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको हो । 

सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने दाबी गरिएको यो स्कुटर राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्यजस्ता विशेषताले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ । यो ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा तीन हजार पाँच सय किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले दाबी गरेको छ । यो करिब एक सय ७५ वटा रूख रोपेबराबर हुने कम्पनीले जनाएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग दुई सय ५० लिटर कम इन्धन खपत भएको कम्पनीको भनाइ छ । सम्रगमा ग्राहकको इन्धन लागतमा चार लाख ६० हजार रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । 

विश्वव्यापी रूपमा टिभिएस आइक्युब दुई लाख २५ हजारवटा बिक्री भइसकेको कम्पनीको भनाइ छ । यी स्कुटरहरू एक अर्ब २५ करोड किलोमिटरभन्दा बढी दूरी गुड्दा यसले एक करोड ५० लाख लिटर इन्धन बचत गरेको र ४३ हजार सात सय ६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीको दाबी छ । टिभिएस आइक्युबले सिंगल चार्जमा एक सय किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित यो स्कुटरले ७० किलोमिटर प्रतिघण्टाको टप स्पिड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिने उल्लेख छ । 

एक लाख किलोमिटरको कोसेढुंगा पार गरेको अवसर पारेर टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा टिभिएस आइक्युबका ग्राहकसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको जनाइएको छ । नक्सालको टिभिएस सोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको राइडमा ३० जना राइडरको सहभागिता रहेको थियो ।

राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषणविरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु रहेको कम्पनीको भनाइ छ । कार्यक्रममा सेफ राइडिङको तालिम र सवारीसाधनको मेन्टेनेन्ससम्बन्धी सुझाव प्रदान गरिनुका साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । 

ad
ad