Skip This
दुई करोडभन्दा बढीको स्रोत देखाउन नसक्दा इन्जिनियरलाई नौ महिना कैद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई करोडभन्दा बढीको स्रोत देखाउन नसक्दा इन्जिनियरलाई नौ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:४६:oo

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतले मंगलबार एक इन्जिनियरलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तामाथि विशेषले कसुर कायम गरेको हो। 

विशेषका अनुसार गुप्तालाई नौ महिना कैद हुने भएको छ। न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

गुप्ता २०३८ सालदेखि ओभरसियरका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। पुस २०७७ सम्मको अवधिमा उनले १६ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो।

गुप्ताले १२ जना आफन्तका नाममा १० करोडभन्दा बढी सम्पत्ति लुकाएको दाबी गरिएकाे थियाे।विशेषले भने दुई करोड १६ लाख १७ हजार रुपैयाँभन्दा बढी रकमलाई गैरकानुनी आर्जन भनी ठहर गरेको छ। यति नै रकम बिगो भराउने तथा दुई करोड १६ लाखभन्दा बढी रकम नै जरिवाना तिराउने फैसला गरेको छ। अख्तियारले २५ भदौ २०७७ मा गुप्तासमेत १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

काशीका साथै धीरजकुमार गुप्ता, मिता गुप्ता, रचनाप्रसाद साह, विकासप्रसाद गुप्ता, प्रीतिकुमारी गुप्ता र चन्देश्वर महतोसमेत यस मुद्दामा प्रतिवादी थिए। विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार, सन्तोषकुमार गुप्ता, उदितनारायणप्रसाद रौनियार र अञ्जुकुमारी महतोलाई पनि जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको थियो।

उनीहरूका नाममा इन्जिनियर गुप्ताले सम्पत्ति लुकाएको अख्तियारको अभियोग थियो। जसमा सबैले सफाइ पाएका छन्।

ad
ad