अस्वस्थ जीवनशैली र गलत खानपानका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ। यो दीर्घकालीन चिकित्सकीय अवस्था पनि हो। हामीले खाने प्रायः सबै खानेकुरा अन्तिममा ग्लुकोजमा टुक्रने गर्छ। ग्लुकोजले रगतमार्फत शरीरका सबै अंगहरूमा ऊर्जा प्रदान गर्छ । रगतबाट कोषिकाहरूमा ग्लुकोज अवशोषण गर्न मद्दत गर्ने हर्मोनलाई इन्सुलिन भनिन्छ ।
इन्सुलिनले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । मधुमेह हुँदा शरीरले इन्सुलिन उत्पादन गर्दैन वा इन्सुलिनलाई सही रूपमा प्रयोग गर्न सक्दैन । रगतमा ग्लुकोज जम्मा हुन्छ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा उच्च हुन्छ । सामान्यतः रगतमा ग्लुकोजको स्तर अनियमित रूपमा (दिनको कुनै पनि समयमा) १४० एमजीभन्दा बढी हुनु मधुमेहको संकेत हो ।
जोखिम
मधुमेहले शरीरभरका रक्तनलीलाई क्षति पुर्याउन सक्छ । यसले सुन्निने, हात वा खुट्टामा झमझमाउने, चोटपटक महसुस गर्न गाह्रो हुने बनाउँछ । मधुमेहले घाउ निको हुनसमेत गाह्रो बनाउँछ । खुट्टामा फंगसले पनि संक्रमण निम्त्याउन सक्छ ।आँखाका रक्तनलीलाई क्षति पुर्याई क्रमशः दृष्टि गुम्ने वा अन्धोपन हुन सक्ने अवस्थासमेत आउँछ । यदि दृष्टि धमिलो भयो भने, खानामा चिनीको स्तर कम राख्नाले आँखालाई केही राहत पुर्याउँछ । मधुमेहले गिजाको संक्रमणलाई झन् बिगार्छ । साथै, मधुमेहको कारणले मिर्गौला फेल, हृदय र रक्तनलीसम्बन्धी रोग– हृदयाघात र स्ट्रोकसमेत हुन सक्ने जोखिम हुन्छ ।
मधुमेहका कारण
लक्षण
मधुमेह नियन्त्रण