१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सेती अस्पतालमा सेवाग्राहीको चाप थेगिनसक्नु, जनशक्ति बढेन

१२५ बेड स्वीकृत भए पनि बिरामीको चाप बढेपछि ३०२ बेडमा विस्तार गरी उपचार सेवा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२१:oo

सुदूरपश्चिम प्रदेशको एउटै ‘रेफरल’ अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार सेवा लिने बिरामीको संख्या बर्सेनि बढ्दो छ । तीन वर्ष अवधिमा अस्पतालमा आउने बिरामीको संख्या झन्डै दोब्बरले बढेको छ । अस्पतालमा बढ्दो बिरामीको चापअनुरूप जनशक्ति व्यवस्थापन हुन सकेको छैन ।

अस्पतालमा सरकारीतर्फ ५० शड्ढया र विकास समितितर्फ ७५ गरी एक सय २५ शड्ढया स्वीकृत छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरका अनुसार एक सय २५ शड्ढया स्वीकृत भए पनि बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले हाल तीन सय दुई शड्ढयामा सेवा दिइरहेको छ । उपचारका लागि आउने बिरामीको चाप बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको उनले बताए ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा सेती प्रादेशिक अस्पतालबाट ५९ हजार ६ सय २९ जनाले ओपिडी, २६ हजार ६ सय ७९ जनाले आकस्मिक र पाँच हजार चार सय ५८ जनाले प्रसूति सेवा लिएका थिए । गत आर्थिक वर्षमा ओपिडी सेवा लिनेको संख्या बढेर दुई लाख ३५ हजार तीन सय १८ पुगेको डा. कमरले जानकारी दिए । गत वर्ष ३६ हजार दुई सय १० जनाले आकस्मिक र सात हजार ८१ जनाले प्रसूति सेवा लिएका अस्पतालको तथ्यांक छ ।

 ११औँ तहको पाँचवटै कन्सल्टेन्टको दरबन्दी रिक्त
अस्पताल प्रशासनका अनुसार सरकारी ५० शड्ढयाका लागि स्वीकृत कर्मचारीको दरबन्दी संख्या पनि पूर्ति छैन । ११औँ तहको पाँचवटै कन्सल्टेन्टको दरबन्दी रिक्त छ । अस्पतालले विकास समितितर्फ केही करारमा जनशक्ति भर्ना गरेर सेवा दिइरहेको छ । अहिले सेवा दिइरहेको तीन सय बेडका लागि सात सय ७० जना कर्मचारी आवश्यक पर्नेमा तीन सय ६७ जना मात्र कार्यरत रहेका डा. कमरले जानकारी दिए ।

डा. शेरबहादुर कमर, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, सेती प्रादेशिक अस्पताल
तीन सय शड्ढया चलाउन सात सय ७० कर्मचारी चाहिन्छ, अहिले तीन सय ६७ जनाले भ्याइनभ्याइ गरिरहेका छौँ । यो समस्या सम्बन्धित निकायले बुझिदिनुपर्छ । अहिले बिरामीले विशेषज्ञ सेवा पाउने अवस्था त बनेको छ, तर जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको कमीले सेवा प्रवाहमा समस्या भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालको स्तरोन्नति आवश्यक छ ।

जनशक्ति, उपकरण र पूर्वाधार कमीले बिरामीले सेतीमा शल्यक्रिया गर्न तीन वर्षसम्म पालो कुनुपर्ने अवस्था छ । सेतीमा अहिले करिब पाँच सय बिरामी शल्यक्रियाको पालो कुरेर बसेका छन् । ‘तीन सय शड्ढया चलाउन सात सय ७० कर्मचारी चाहिन्छ, अहिले तीन सय ६७ जनाले भ्याइनभ्याइ गरिरहेका छौँ,’ डा. कमरले भने, ‘यो समस्या सम्बन्धित निकायले बुझिदिनुपर्छ ।’ शल्यक्रिया सेवा प्रभावकारी बनाउन उपकरण थप र शल्यक्रिया कक्ष विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

तीन सय शड्ढयामा सेवा दिइरहे पनि अस्पतालले एक सय २५ शड्ढयाभन्दा बढीको आधिकारिता पाउन सकेको छैन । रेडियोलोजिस्ट, गाइने र एनेस्थेसियोलोजिस्टको बढी अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका समस्याबारे सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारलाई पटक–पटक जानकारी गराइएको उनले बताए । सुदूरपश्चिम प्रदेशको एक मात्र ‘रेफरल’ अस्पताल भए पनि सेतीको चार दशकदेखि स्तरोन्नति हुन सकेको छैन ।

जनशक्ति, उपकरण र भौतिक पूर्वाधार कमीले बिरामीले उपचार पाउन कठिनाइ भोगिरहेका छन् । पछिल्ला वर्षमा सुदूरपश्चिमका अन्य अस्पतालको तुलनामा सेतीमा विशेष उपचार सेवा विस्तार पनि भएको छ । तर, पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाभकारी हुन सकेको छैन ।‘अहिले बिरामीले विशेषज्ञ सेवा पाउने अवस्था त बनेको छ, तर जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको कमीले सेवा प्रवाहमा समस्या भइरहेको छ,’ डा. कमरले भने, ‘बिरामीको चापअनुसार अस्पतालको स्तरोन्नति आवश्यक छ ।’ सेतीमा आइसियू, भेन्टिलेटर, डायलाइसिसलगायत सुविधा विस्तार गरिएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले अस्पतालमा जनशक्ति, उपकरण र पूर्वाधार थप्न प्रदेश सरकारको पटक–पटक ध्यानाकर्षण गराइएको बताए । सुदूरपश्चिमका जनताको भरोसको केन्द्र भएकाले सेतीको स्तरोन्नतिमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । जनशक्ति अभावबीच पछिल्लो समय अस्पतालको सेवा प्रवाह सुधार हुँदै गएको उनले दाबी गरे ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सेतीलाई दुई सय शड्ढयामा स्तरोन्नतिका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न मुख्यमन्त्री कार्यालयमा फाइल पठाए पनि स्वीकृत नभएको जनाएको छ । सामाजिक विकासमन्त्री झपट साउदले सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षभित्रै संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने बताएका छन् । आफूले सेतीबाटै अस्पताल सुधारका काम गर्न खोजेको उनले बताए । ‘सेतीमा अहिले जनशक्ति अभाव रहेको अवस्था छ,’ मन्त्री साउदले भने, ‘यो आर्थिक वर्षमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्छौँ, त्यसपछि जनशक्तिको समस्या समाधान हुनेछ ।’ मन्त्रालयले सेतीको स्तरोन्नतिसँगै जिल्ला अस्पतालको सेवा सुधारका लागि काम गरिरहेको उनले दाबी गरे ।

मेडिकल विश्वविद्यालयको प्रक्रिया अगाडि बढ्छ : स्वास्थ्यमन्त्री 
 स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । आइतबार गेटा अस्पतालको निरीक्षण गर्दै उनले गेटामा तीन सय शड्ढयाको अस्पताल सञ्चालनमा आएपछि विश्वविद्यालयको प्रक्रिया अगाडि बढ्ने बताए ।

बस्नेतले अस्पताल र गेटामा बनेका भौतिक संरचनाको निरीक्षण गरेका हुन् । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । यससम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा विचाराधीन छ । गेटामा हालै सय शड्ढयाको अस्पताल सुरु भएको छ ।

मन्त्री बस्नेतले अस्पतालका लागि जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । उनले तीन सय शड्ढया क्षमताको अस्पताल बनेपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुने भएकाले सरकार अस्पताल सञ्चालन गर्न लागिपरेको बताए । उनले गेटामा मेडिकल शिक्षाको अध्यापनको काम सुरु भएपछि स्वास्थ्य जनशक्ति उत्पादनमा ठूलो सहयोग पुग्ने बताए । त्यस अवसरमा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले अस्पतालले दिइरहेका सेवा र प्रगति विवरणबारे जानकारी गराएका थिए । 

ad
ad