१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘द्वन्द्वकालका बारुदी सुरुङबाट नागरिकलाई अझै खतरा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४४:oo

नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकालका अवशेषहरू बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ।

बारुदी सुरुङसम्बन्धी काम गरिरहेको संस्था बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आइतबार पत्रकार सम्मेलन गरी सो खतरा औँल्याएको हो।

अभियानका संयोजक पूर्णशोभा चित्रकारले शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वले छाडेका अनेक समस्याहरू कायमै रहेकाले नागरिकहरू खतरामुक्त नरहेको बताइन्।

बारुदी सुरुङ, द्वन्द्वको अवशेषको रूपमा रहेका विस्फोटक पदार्थबाट खतरा कायमै रहेको उनको भनाइ छ। चित्रकारले भनिन्, ‘शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वले छोडेका अनेकौँ समस्याहरू अहिले पनि उस्तै छ। त्योमध्ये बारुदी सुरुङ, द्वन्द्वको अवशेषको रूपमा रहेको विस्फोटक पदार्थबाट अझै पनि खतरा छ।’

विशेषगरी रोल्पा, हुम्ला, रुकुम, कालिकोट, लमजुङ, सुर्खेत, मुस्ताङ, रुपन्देही, दैलेख, सुर्खेत, बाँके, बैतडी, कैलाली, कञ्चनपुर, दाङ, सुनसरी, सप्तरी, झापा, ताप्लेजुङ, भक्तपुर, काठमाडौंलगायतका जिल्लामा यस्ता विस्फोटक पदार्थको अवशेषको खतरा रहेको उनले बताइन्।

२०६८ देखि २०८० सम्म एक हजार ७१८ वटा विस्फोटक पदार्थ फेला परेको र सोमध्ये ३६ वटा विस्फोटक पदार्थलाई नष्ट गरिएको तथ्यांक रहेको अभियानले जनाएको छ। २०७० मा ३८४, २०७४ मा ४७९ र २०७९ मा २२८ वटा विस्फोटक पदार्थ फेला पर्नुले नागरिकलाई खतरा कायमै रहेको पुष्टि गरेको संयोजक चित्रकारले जानकारी दिइन्।

पछिल्लो समय रक्षा मन्त्रालयले यससम्बन्धी कार्यको जिम्मेवारी लिएर २०७९ सम्म काम गरिरहे पनि हाल यो विषय नै हटाइएको उनले उल्लेख गरिन्। यसको समस्या समाधानका लागि  बिमाको व्यवस्था गरेर कभर गर्न सकिने उनको सुझाव छ।

ad
ad