१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका भरतपुर (चितवन)
२o८१ बैशाख १९ बुधबार १o:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सौराहामा हात्तीको वनभोज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, भरतपुर (चितवन)
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५३:oo

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिए। उनले हात्तीलाई झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताए। एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए।  

‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो।’ उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए। धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए। मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्त्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ।

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भिड लागेको थियो। महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए। सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन। हात्ती सुन्दरी  र डुंगा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ। 

अंग्रेजी  नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

ad
ad