१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चिनी र चामल आयातका लागि व्यवसायीलाई आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:४१:oo

भारतले निर्यात प्रतिबन्धका बाबजुद कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि सरकारले भारतबाट आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ ।

चिनी आयातका लागि ५ पुस र चामल आयातका लािग ८ पुसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गरेको हो । भारतले सुरुमा १८ जेठदेखि १४ कात्तिकसम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमै उत्पादन कम भएको र मूल्य नियन्त्रण गर्नुपर्ने भन्दै लगाइएको निर्यात प्रतिबन्धको समय थप एक वर्ष लम्ब्याएको छ ।

त्यस्तै, ४ साउनबाट लागू हुने गरी चामल निर्यातमा पनि भारतले प्रतिबन्ध लगाएको थियो । तर, त्यतिखेर खाद्य संकट नै सिर्जना हुन सक्ने मुलुकबाट अनुरोध भए निश्चित परिमाण कोटामा उपलब्ध गराउन सक्ने जानकारी दिएको थियो । भारतसँगको कूटनीतिक पहलपछि २५ हजार टन चिनी आयातका लागि स्वीकृत भइसकेको छ । 

तर, यसरी आयात हुने चिनी खुद्रा बजारका लागि नभई बिस्कुट, पेप्सी, कोकाकोला, चकलेटलगायतका उद्योगका लागि मात्रै रहेको छ । उद्योग मन्त्रालयले जारी गरेको सूचनामा भारतको नेसनल को–अपरेटिभ एक्सपर्ट लिमिटेडबाट चिनी आयातको प्रबन्ध मिलाइएको छ । कोटा प्रणालीमा आउन लागेको चिनी एउटा उद्योगले कम्तीमा २६ सय टनको माग गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उद्योगले चिनी अभावमा तयारी वस्तु उत्पादन गर्न कठिनाइ भोगेको बताएपछि सरकारी पहलमा भारतबाट २५ हजार टन आयातको व्यवस्था मिलाइएको हो । अहिले उखु क्रसिङ सुरु भइसकेकाले स्वदेशी चिनी पनि चाँडै बजारमा आउनेछ । यद्यपि, स्वदेशी उत्पादनले वर्षभरको माग धान्न नसक्ने भएकाले आयात गर्नुपर्ने बाध्यता छ ।

मन्त्रालयले ८ पुसमा एक सूचना जारी गर्दै भारतबाट चामल आयात गर्न इच्छुक व्यवसायीलाई सहजीकरण गरिदिने उल्लेख छ । भारतले गत १ कात्तिकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध आंशिक फुकुवा गर्ने भन्दै नेपाललाई ९५ हजार टन आयातको स्वीकृति दिएको सूचना जारी गरेको थियो । नेपाली बजारमा बासमती र मसिनो चामल भारतबाट आयात हुने गरे पनि कोटामा भने मोटा चामल निर्यातको अनुमति खुला गरिएको छ । एक उद्योगले बढीमा पाँच हजार टनसम्म चामल आयात गर्न पाउने सूचनामा उल्लेख छ । 
 

ad
ad