१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत स्वस्थ राख्न के गर्ने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४o:oo

दाँतले मानिसको स्वास्थ्य र सुन्दरतामा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । दाँतमा ग्याप हुने, किरा लाग्ने, गिजासम्बन्धी रोग, खराब सासलगायत विभिन्न समस्या देखिन्छन् । दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ । भिटामिन, मिनरल्स र पोषणयुक्त आहारले समग्र शरीर र दाँतलाई पनि स्वस्थ राख्छ ।  

के खाने ?

हरियो सागपात : हरियो सागपातले शरीर मजबुत बनाउँछ । यसमा पाइने फोलिक एसिड दाँत र गिजाका लागि पनि राम्रो हुन्छ । 

फलफूल : स्याउ र गाँजरजस्ता फलफूलले ब्याक्टेरिया हटाउन मद्धत गर्छ । काँक्रो, खरबुजालगायत पानीको मात्रा प्रशस्त भएका फलफूलले दाँतलाई सफा राख्ने काम गर्छन् । 

नट्स र बियाँ : क्याल्सियम र फोस्फोरसको मात्रा उच्च हुन्छ । यसले दाँतको इनामेललाई बढाउने काम गर्छ । 

डेरीजन्य उत्पादन : दूध, चिज, दहीलगायत डेरीजन्य उत्पादनमा क्यान्सियम, फोस्फोरस र केसिन हुन्छ । यसले मुखमा एसिडलाई निष्क्रिय बनाउन सहयोग गर्छ । त्यस्तै, दाँत बलियो बनाउँछ । 

अन्डा : अन्डामा प्रोटिन, क्याल्सियम र भिटामिन डी प्रशस्तै मात्रामा पाइन्छ । यसले दाँतलाई बलियो र स्वस्थ बनाउन सघाउ पुर्‍याउँछ । 

पानी :  प्रशस्त मात्रामा पानी पिउँदा शरीरसँग मुख पनि हाइड्रेटेड रहन्छ । जसकारण, गिजामा जम्मा भएका खानेकुराका टुक्राहरू निस्कन्छन् र दाँत सफा रहन्छ ।

के नखाने ?

दाँतका लागि चिनीजन्य पदार्थ सबैभन्दा खराब हो । त्यसैले यसको प्रयोग कम गर्नुपर्छ । अर्को गुट्खा, सुपारी, पानलगायत सुर्तीजन्य पदार्थले दाँत बिगार्र्ने, डिस्कलर गर्छ र जटिल अवस्थामा मुखको क्यान्सरसमेत गराउने भएकाले यस्तो लत त्याग्नुपर्छ । 

मानिसचियाका सौखिन हुन्छन् । तर, दाँतका लागि चिया राम्रो होइन । त्यही कारण चिया कम पिउनुस् । इनर्जी ड्रिंक्स पनि दाँतका लागि हानिकारक छ । गुलियो खानेकुराले मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । 

तसर्थ, गुलिया खानेकुराबाट टाढै बस्नु राम्रो हुन्छ । मिठाई, चकलेटलगायत गुलिया कुरा खाएपछि मुख कुल्ला गर्न नबिर्सनुहोस् । त्यस्तै, मैदाबाट बनेका खानेकुरा पनि कम खानु राम्रो हुन्छ । जंकफुडबाट टाढा रहनु समग्र स्वास्थ्यकै लागि राम्रो हुन्छ । 

प्रत्येक ६ महिनामा नियमित चेकजाँच गरौँ
नियमित रूपमा दाँत सफा गर्ने, खानपानमा ध्यान दिने, दन्त चिकित्सकसँग ६–६ महिनामा परामर्श र मेसिनले सफा गर्ने गर्नुपर्छ ।  दाँत सफा गर्दा इनामेल जान्छ, दाँत कमजोर हुन्छ भन्ने भ्रम पनि छ । तर, यो सही होइन । मेसिनले सफा गर्दा गिजा स्वस्थ रहन्छ । दाँतमा अड्केका फोहोर निस्कन्छ । गिजासम्बन्धी समस्या आउँदैन । फोहोरले दाँतको हड्डी खिइनेलगायत समस्या हट्छ । फोहोर हट्दा गिजा र हड्डीमा पनि समस्या आउँदैन । ओभरअल मुखको स्वास्थ्य राम्रो हुन्छ । खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । 

कतिपय मानिसको केही–केही खाइरहने वा चपाइरहने बानी हुन्छ । दाँतको स्वास्थ्यका लागि यो राम्रो होइन । स्टेभेन कब्र्स वैज्ञानिकले प्रयोगात्मक अध्ययनबाट निकालेको निष्कर्ष छ– केही खानेकुरा खायौँ भने मुखमा ब्याक्टेरिया सक्रिय रहन्छन् र ४५ मिनेटसम्म एसिड बन्छ । त्यो एसिडले दाँतको क्याल्सियम र फस्फोरस निकालिदिन्छ ।

र, दाँतमा क्याभिटी (किरा लाग्ने समस्या) देखिन सक्छ । त्यसैले दिनमा १० वा १२ चोटि खाने गर्दा ब्याक्टेरिया लाग्ने सम्भावना धेरै रहन्छ । या त चपाइरहने बानी छाड्नुपर्‍यो वा केही खानेबित्तिकै कुल्ला गर्नुपर्‍यो । कुल्ला गर्दा खानेकुरा बाहिर निस्कन्छ र ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन । जति कम एसिड एट्याक हुन्छ, त्यति नै क्याभिटी बन्ने (किरा लाग्ने) सम्भावना घट्छ । 

खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ । फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नु राम्रो हुन्छ । राति सुत्नुअघि डेन्टल फ्लस गर्दा राम्रो हुन्छ । 

ad
ad