१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई पे प्रयोगकर्ताले एजुकेसन पार्कमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५९:oo

डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेसन पार्कबीच आइइएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

काठमाडौंको सिभिल मल आठौँ तलामा रहेको एजुकेसन पार्कमा आइइएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आइएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा छुट पाउने सम्झौता भएको हो । 

योजना तीन महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । एजुकेसन पार्क र आइएमई पेबीचको यो योजनाले उक्त कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

योजनाको अवधि तीन महिनाको भए तापनि पहिला कक्षा बुक गर्ने विद्यार्थीले आफ्नो समयअनुसारको कक्षाको छनोट गर्न सक्ने जनाइएको छ ।

ad
ad