१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Wednesday, 26 June, 2024
२o८o पौष ११ बुधबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार o७:३३:oo

रास्वपाले सुरु गरेको ‘दबाब यात्रा’को उद्देश्य के हो ?
नारायणगढ–बुटवल खण्डमा लामो समयदेखि सडकको स्तरोन्नति हुन सकेको छैन । यहाँका जनता पटकपटक सम्बन्धित निकायमा हारगुहार गर्दै पुगिसके तैपनि सडक बनेको छैन । त्यसैले, सडक द्रुत गतिमा बनोस् भनेर हामीले सोमबारदेखि तीनदिने दबाब यात्रा सुरु गरेका हौँ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर सडक खण्डभित्र पैदल हिँडिरहेका छौँ । राति जहाँ पुग्छौँ, त्यहीँ बास बस्छौँ । बिहान सबेरै उठेर ब्रेकफास्टपछि पुनः यात्रामा हिँड्छौँ ।  

यात्राका क्रममा सडकको वास्तविक अवस्था कस्तो पाउनुभयो त ?
यस क्षेत्रको राजमार्ग साह्रै धुलाम्मे छ । धुलोले अनुहार पनि नचिनिने बनाउने रहेछ । केही ठाउँमा सडक बन्दै छ । तर, जति राम्रोसँग बन्नुपर्ने हो, त्यो देखिएन । जति आवश्यक हुन्, त्यति कर्मचारी पनि खटाइएका छैनन् । केही ठाउँमा त सडकछेउका घर पनि धुलाम्ये देखिन्छन् । स्थानीय बासिन्दा यति प्रताडित रहेछन् कि हामीलाई भेट्न घरअगाडि घन्टौँ उभिएर पर्खिरहेको पाइयो ।  सबैसँग बोल्न नभ्याए पनि नमस्कार गर्दै हिँडिरहेका छौँ । 

यात्रापछि त्यहाँको काम छिटो सम्पन्न गराउन थप के गर्नुहुन्छ ? 
यात्रा सकिएपछि हामी सम्बन्धित निकायसँग छलफल गर्छौं । सडक कहिलेसम्म बन्छ भनेर प्रश्न गर्छौं र छिटो सम्पन्न गराउन थप दबाब दिन्छौँ । हामी यहाँ बाटामा हिँड्दै गर्दा प्रधानमन्त्रीको सम्बोधन सुनियो । उहाँले नारायणगढ–बुटवल सडकखण्डको काम छिटो सम्पन्न गर्न ‘डबल सिफ्ट’मा काम गर्न निर्देशन दिनुभएको सुनियो । अब पक्कै छिटो होला भन्ने आशा गरौँ ।  

ad
ad
ad
ad