१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १० मंगलबार
  • Monday, 01 July, 2024
२o८o पौष १० मंगलबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सातौँ बागलुङ महोत्सवको तयारी पूरा, राष्ट्रपतिबाट उद्घाटन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १० मंगलबार १४:३९:oo

बुधबारदेखि सुरु हुने गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। 

महोत्सवस्थलमा स्टल निर्माणको कामदेखि रमाइलो मेलालगायतका सबै तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। 

महोत्सवको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्। पौडेल भोलि बिहान १० बजेसम्ममा बागलुङ आइपुग्ने कँडेलले जानकारी दिए। 

राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने बताइएको छ। 

मन्दिर दर्शनपश्चात् दिउँसो १ बजे महोत्सवको उद्घाटनस्थल धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा पुग्ने कार्यक्रम रहेको अध्यक्ष कँडेलले जानकारी दिए। महोत्सव उद्घाटनमा समारोहमा प्रदर्शन हुने झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनीलगायतको तयारी भइरहेको छ।   

२१ पुससम्म सञ्चालन हुने महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्ने अपेक्षाका साथ सञ्चालन गर्न लागिएको हो।

महोत्सवका लागि तयार पारिएका एक सय सय ६९ वटा स्टलमध्ये एक सय ५० बुक भएको बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए।

महोत्सवमा बागलुङका स्थानीय उत्पादनलाई बिक्री–वितरणका लागि पनि राखिएको छ। महोत्सवमा सञ्चालन हुने खेलहरूको समेत तयारी पूरा भएको छ। महिला तथा पुरुष भलिबल प्रतियोगितालगायतका खेलको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ।

महोत्सवमा ताराखोलाको स्थानीय उत्पादन आलु, अल्लोको कपडालगायतका उत्पादन, सिगाना र बिहुँको सुन्तला प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्थापन हुने बताइएको छ। 
 

ad
ad
ad
ad