१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठगी मुद्दामा फरार अभियुक्तलाई कतारबाट ल्याइयो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१२:oo

ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासवानलाई प्रहरीले कतारबाट नेपाल ल्याएको छ। 

कतार प्रहरीको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ। 

पासवानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको नौ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डमार्फत निकालेर प्रयोग गरेको अभियोग छ। 

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेपछि प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो। गत डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएकोमा त्यसको दुई सातापछि नै उनलाई नेपाल ल्याउन प्रहरी सफल भएको हो। 

ad
ad