१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ९ सोमबार o८:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिजुली गाडी आयात १७२% बढ्यो, पाँच महिनामा भित्रिए ३७ सय बिजुली गाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार o८:३७:oo

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढेको छ । साउनदेखि मंसिरसम्म नौ अर्ब १० करोडबराबरको तीन हजार ६ सय ८६ विद्युतीय सवारीसाधन आयात भएका छन् । यो संख्या गत वर्षको यसै अवधिको तुलनामा १७२ प्रतिशत बढी हो । 

गत वर्ष ०७९/८० को पहिलो पाँच महिनामा तीन अर्ब ८२ करोड मूल्यका एक हजार तीन सय ५३ विद्युतीय गाडी आयात भएका थिए । पछिल्लो समय पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा भन्दा बिजुलीबाट चल्ने गाडीमा धेरै आकर्षण देखिएको छ । सरकारले पनि बिजुली गाडीको प्रयोग बढाउन न्यून कर लगाउनुका साथै र ८० प्रतिशतसम्म कर्जाको व्यवस्था गरेर प्रोत्साहन गरिरहेको छ । पाँच महिनामा बिजुली गाडीको आयातबाट चार अर्ब तीन करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

 ५०–१०० किलोवाटका धेरै आयात 
भन्सार विभागको तथ्यांकले ५१ देखि ११० किलोवाटसम्म मोटर क्षमता भएका कार, जिप र भ्यान सबैभन्दा बढी आयात भएका छन् । यो सेगमेन्टमा दुई हजार २८ थान सवारीसाधन आयात भएका छन् । सरकारले सबैभन्दा बढी कर छुट दिएको ५० किलोवाटसम्मका कार, जिप र भ्यान एक हजार पाँच सय ९५ वटा भित्रिएको देखिन्छ । ५० किलोवाटसम्मका बिजुली गाडीमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र सडक दस्तुर मात्र लाग्ने गर्छ । एक सयदेखि दुई सय किलोवाटसम्म मोटर पावर भएका सवारीसाधन ५२ वटा आयात गरिएका छन् भने दुई सय किलोवाटभन्दा बढीका सवारीसाधन ११ वटा आयात भएको भन्सारको तथ्यांक छ ।

 ६२ प्रतिशत चीनबाट मात्रै 
नेपालमा भित्रिने अधिकांश विद्युतीय सवारीसाधन चिनियाँ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । पाँच महिनाको अवधिमा आयात भएका कुल विद्युतीय गाडीमध्ये ६२ प्रतिशत चीनबाट मात्रै आयात भएका हुन् । पाँच महिनामा चीनबाट २२ सय ९७ बिजुली गाडी भित्रिएका छन्, जसमध्ये ५० किलोवाटसम्मका तीन सय ८३ वटा, ५१–१०० किलोवाटसम्मका १८ सय ८४ वटा, १०१–२०० किलोवाटसम्मका २३ वटा र २०१ किलोवाटभन्दा माथिका एउटा गाडी आयात भएका छन् । 

भारतबाट पाँच महिनामा १३ सय ३८ बिजुली गाडी आयात भएका छन्, जसमध्ये ११ सय ९५ वटा ५० किलोवाटसम्मका हुन् भने एक सय ४३ वटा ५१ देखि सय किलोवाटसम्मका हुन् । यस्तै, इन्डोनेसियाबाट १७, साउथ कोरियाबाट २८, जर्मनीबाट तीन, अमेरिकाबाट तीनवटा बिजुली गाडी आयात भएको भन्सार विभागले जनाएको छ । 

ad
ad
ad
ad