१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वाल्मीकि शिक्षा सदन र पारिजात इंग्लिस बोर्डिङको विजयी सुरुवात

पिएफसी इमर्जिङ कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:३२:oo

फुटबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्यले सुरु भएको ‘पिएफसी इमर्जिङ कप’को दोस्रो संस्करणमा वाल्मीकि शिक्षा सदन र पारिजात इंग्लिस बोर्डिङ स्कुलले विजयी सुरुवात गरेका छन्।

शनिबार भरतपुर– १४ को सुन्दरबस्ती खेलमैदानमा भएको खेलमा वाल्मीकि शिक्षा सदनले ४–० ले राष्ट्रिय माध्यमिक विद्यालय सोसीलाई पराजित गर्दा पारिजात इंग्लिस बोर्डिङ स्कुलले ३–० ले बालकुमारी इंग्लिस बोर्डिङ स्कुललाई पराजित गरेको थियो।

शिक्षासँगै खेलकुद भन्ने नारासहित चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगितामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालय सहभागी छन्।

आज (आइतबार) माडी सेकेन्डरी स्कुलसँग सैनिक आवासीय स्कुल र सोमेश्वर सेकेन्डरी स्कुल संग सोनम जिबी एकेडेमी भिड्ने छन्। क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो। 

उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यावसायिक बनाउनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गरेका हौँ।’

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामग्री, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिनेछ। 

प्रतियोगिता १५ पुसमा सकिनेछ। ०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिमसहित विद्यालयमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
 

ad
ad