१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष ५ बिहीबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष ५ बिहीबार ०९:५७:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन्  ।

सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै  खेदजनक  छ।’ 

यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार-प्रसार गरेका थिए ।