मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफले ल्यायो बाल अमृत– ४ सावधिक बिमालेख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १६:३८:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको बाल अमृत बिमालेखअन्तर्गत ‘बाल अमृत– ४ सावधिक बिमालेख’ ल्याएको छ।

कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित जुम मिटिङमा प्रमुख कार्यकारी अधिकृतले बिमालेख उद्घाटन गरेका हुन्।

यस बिमालेखमा बिमितको प्रवेश उमेर न्यूनतम ३० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले जानकारी दिए। यस बिमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ।

बिमांक रकम न्यूनतम एक लाख र अधिकतम आयस्राेतको आधारमा ५० लाखसम्म लिन सकिने यस बिमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गर्ने बताइएको छ। बिमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यसैगरी, यस बिमालेख योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष रहेको छ। साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरू पनि यस बिमालेखमा छ।