१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १९ बुधबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्ग चार घन्टा अवरुद्ध

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४८:oo

उचित समर्थन मूल्य र अनुदानबापतको बक्यौता माग गर्दै सर्लाहीका उखु किसानले संघर्षलाई निरन्तरता दिएका छन् । किसानले उखुको समर्थन मूल्य सात सय ५० रुपैयाँ हुनुपर्ने र अनुदान रकम तत्काल पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । किसानले बुधबार चार घन्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरूले उखु काट्नै छोडेर आन्दोलन थालेपछि उद्योगसमेत बन्द रहेका छन् । किसानले विज्ञप्तिनै पेस गरेर क्रसिङ स्थगित गर्न आग्रह गरेपछि सर्लाहीको इन्दुशंकर चिनी उद्योग र महोत्तरीको चिनी उद्योग रामनगरले तत्काल सञ्चालन गर्न नसकिएको जनाएको हो । क्रसिङको सम्पूर्ण तयारी भइसकेको अवस्थामा किसानकै आग्रहमा क्रसिङ सुरु नगरेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । 

पुसको पहिलो हप्ता सकिनै लाग्दासमेत उखु काट्ने सुरसार नभएपछि यसपटक उखु कटान चैत–वैशाखसम्म पुग्न सक्ने किसानको अनुमान छ । सो समयमा गर्मी बढ्दै जाने भएकाले मजदुरले काम गर्नसमेत नमान्ने हरिवन नगरपालिका– ८, निवासी कमलविक्रम कार्कीले बताए । उनले भने, ‘२० प्रतिशतसम्म ज्याला थपेर काम लगाउनुपर्छ ।’ त्यसले समेत किसानहरूलाई नै मारपर्ने किसान कार्कीको भनाइ थियो । 

अनशनरत युवकको अवस्था जटिल
उखुको उचित समर्थन मूल्य र बाँकी अनुदान माग्दै आमरण अनशन बसेका किसानहरूको अवस्था जटिल बन्दै गएको छ । इन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशन बसेका हरिवन– ११, निवासी शेष इस्तिहारको स्वास्थ्य अवस्था गम्भीर बनेको चिकित्सकहरूले बताएका छन् । तीन दिनदेखि आमरण अनशनमा रहेका उनको स्वास्थ्य अवस्था मंगलबार एक्कासी बिग्रिएपछि स्लाइन पानी दिएर राखिएको छ ।  इस्तिहार विभिन्न पाँचबुँदे मागसहित चिनी उद्योगको मुख्य द्वारमा अनिश्चितकाल आमरण अनशन बसेका हुन् । 

ad
ad