१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा फेसनेबल देखाउने पहिरन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५o:oo

जाडोमा स्टाइलिस देखिने नाममा पातलो पहिरन लगाउनु हुँदैन । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । न्यानो कपडामा पनि स्टाइलिस देखिन सकिन्छ । तर, केही कुरा ख्याल गर्नुपर्ने हुन्छ । 

ओभरकोट : जाडोमा महिला–पुरुष दुवैले ओभरकोट लगाउन सक्छन् । यसले फेसनेबल देखाउनुको साथै चिसोबाट पनि जोगाउँछ । बजारमा लेदर, डाउन, डेनिम, सिलिकनलगायत विभिन्न खाले ज्याकेट उपलब्ध छन् । आफूलाई मन पर्ने ज्याकेट छान्न सकिन्छ । तर, आफ्नो शरीरमा पर्फेक्ट फिट हुने कपडा रोज्नुपर्छ । धेरै टाइट र धेरै लुज दुवैले असहज महसुस गराउन सक्छ । पर्फेक्ट साइजको ज्याकेट, स्विटर, हुडीलगायतले आकर्षक देखाउँछ ।

महिलाहरूले सारी लगाउँदा त्यसमाथि बटनसहितका स्विटर लगाउन सक्छन् । आफ्नो साधारण लुक्सलाई बोल्ड देखाउनका लागि त्यसमाथि लेदरको ज्याकेट लगाउन पनि सकिन्छ । टाउकोमा स्कार्फ बाँध्न सकिन्छ । यसले जाडोबाट बचाउने र स्टाइलिस देखाउने गर्छ । 

स्कार्फ : धेरै युवतीहरू जाडोमा स्कार्फ लगाउन मन पराउँछन् । यसलाई पनि स्टाइलिस रूपमा लगाउन सकिन्छ । स्कार्फलाई कपालको पछाडिपट्टिको भागमा बाँध्दा स्टाइलिस देखिन्छ ।

कोटमा बेल्ट : चिसो मौसममा कोटलाई स्टाइलिस र नयाँ लुक्स दिनका लागि यसमा बेल्ट पनि लगाउन सकिन्छ । महिलाहरूले कोटमाथि ऊनीको दुपट्टा स्टाइलिस सल पनि ओड्न सक्छन् । यसले अझै राम्रो देखाउँछ । 

बुट : राम्रो देखिनका लागि घुँडासम्म आउने बुट लगाउन सकिन्छ । यसलाई स्कर्ट, पेन्ट वा जम्परसँग पनि लगाउन सकिन्छ । त्यस्तै, लङ कोट वा स्कर्टसँगै हाई बुट, एंकल लेन्थ बुट वा थाइहाई बुट पनि लगाउन सकिन्छ । लेगिंग्स वा फिटिङ जिन्समा यो निकै सुहाउँछ ।

कलर कम्बिनेसनमा ध्यान दिनुस् 
जाडोमा कतिपयले चिसोबारे मात्रै सोचिरहेका हुन्छन् । त्यसक्रममा उनीहरू सही साइज, म्याचिङ कलर आदिका विषयमा सोच्न भ्याउँदैनन् । तर, सपिङमा जानुअघि आफ्नो शरीरको साइज र मनपर्ने कलरका विषयमा पनि सोच्नुपर्छ । पातलो शरीरमा फिटिङ कोट निकै राम्रो देखिन्छ । धेरै बाक्लोभन्दा पनि न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, लङ आउटर कोट लगाउन सकिन्छ । कपडामा आफ्नो रुचिअनुसारको रङका पहिरन लगाउँदा हुन्छ । जाडोमा नेभी ब्लु, ब्ल्याक, ब्राउन, ग्रे, मरुन, ओलिभ ग्रिनलगायत सोबर कलरमा राम्रो देखिन्छ । हावा नछिर्ने खालका पहिरन छनोट गर्नु राम्रो हुन्छ । 

जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्विटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ । मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन पनि छ । उलनको टोपी पनि धेरै स्टाइलमा पाइन्छन् । तपाईंले आफूलाई मनपर्ने टोपी छान्न सक्नुहुन्छ । मोटो शरीर भएकालाई धेरै लुगा लगाउँदा थप मोटो देखिन्छ । यस्ता मानिसले हाफ नेक भएको उलनको स्विटर कोटभित्र लगाउँदा राम्रो हुन्छ । 

ad
ad