१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छात्रामाथि बलात्कार प्रयासकाे अभियोगमा शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५o:oo

छात्रालाई बलात्कारको प्रयास गरेको अभियोगमा रामेछापको लिखु तामाकोशी गाउँपालिका– ७ तिल्पुङस्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन्।

गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिन्छु भनी ललाइफकाई आफनै घरनजिकैको पुरानो घरमा लगी सार्कीले छात्रामाथि दुर्व्यवहार गरी बलात्कारको प्रयास गरेका बताइएको छ।

उक्त घटनापछि पीडित छात्राले आफ्नो घरमा पुगी घटनाको विषयमा अभिभावकलाई बताएकी थिइन्।

घटनाको विषयमा आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता भएपछि प्रहरीले सोमबार शिक्षक सार्कीलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

ad
ad