मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक्सन रुमबाट नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २ सोमबार १६:५o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रुमबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन्। 

निरीक्षणपछि उनले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो गरी अगाडि  बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’

तोकिएको समयमा नै काम सक्न निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन। यी दुई प्राेजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ।’

अहिले काम गर्ने अन्तिम अवसर रहेको भन्दै उनले राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्ने गरी गृहकार्य अघि बढाउन निर्देशन दिए।