१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघ सचिवालयमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:o२:oo

नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना भएको छ । महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीको सशक्तीकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीले विभिन्न खाले समस्या सामना गर्नुपरेकोे भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने स्पष्ट पारे । 

त्यस्तै, निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायी अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गर्दै जिल्लामा रहेका साना निर्माण व्यवसायीका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको धारणा राखे ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले सबैखाले निर्माण व्यवसायीका लागि कानुनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको बताए । त्यस्तै, महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए । 

ad
ad