१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनहरीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२१:oo

मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार ट्रकको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी- ७ रमनटारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा एकमा अध्ययन गर्ने अन्दाजी ६ वर्षका उमेश प्रजा रहेका छन्।

उनलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ रमनटारमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट घाइते भएका प्रजालाई मनहरीमा रहेको प्राथमिक उस्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनको भरतपुर पठाइएको थियो।

प्रजाको उपचारको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्।

ad
ad