१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मीद्वय ढुंगाना र परियारसहित चार पत्रकारको फोटो प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२३:oo

११औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई नयाँ पत्रिकाकर्मीसहित चार पत्रकारको फोटो प्रदर्शन गरिएको छ।

नयाँ पत्रिकाकर्मीद्वय दिपेन्द्र ढुंगाना र संजित परियारसहित नेपाल फोटो लाइब्रेरीका मनीष आर्याल र बंगलादेशका असफ उद् दउलाको फोटो प्रदर्शनीमा राखिएको हो।

मानव अधिकारसम्बन्धी अवधारणामा विभिन्न समयमा खिचिएका २० वटा फोटो प्रदर्शनका लागि राखिएको छ। ‘सामूहिक अधिकार’ नारासहित गत शनिबारदेखि सुरु चलचित्र महोत्सव चार दिन चल्नेछ।

विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र पनि महोत्सवमा प्रदर्शन भइरहेको छ।

 

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

ad
ad