१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाका पाँच ठाउँको गाँजा खेती नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२९:oo

सिराहा प्रहरीले जिल्लाका विभिन्न पाँच ठाउँका करेसाबारी तथा घरआँगनमा अवैध रूपमा साढे चार कठ्ठाभन्दा बढी जग्गामा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट गरेको छ। 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले शनिबार र आइतबार गरी चार कठ्ठा १२ धुर जग्गाको गाँजा फँडानी गरी आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मिर्चैया नगरपालिका- १० मथलेश्वर पिप्रा, कर्जन्हा नगरपालिका- ४ बस्तीपुर, सिरहा नगरपालिका- १८ लक्ष्मीनिया भजनाहा, धनगढीमाई नगरपालिका- १२ हात्तीमारा र लहान नगरपालिका- २४ माणिकदहमा अवैध रूपले गरिएको गाँजा खेती फँडानी गरी नष्ट गरिएका हो। 

मिर्चैया- १० मथलेश्वर पिप्रामा करिब तीन कठ्ठा करेसाबारीमा लगाइएको एक हजार थान बोट, कर्जन्हा ४ बस्तीपुरनजिक हनुमान मन्दिरको १५ धुर करेसाबारीमा एक सय ५० बोट, सिराहा- १८ लक्ष्मीनिया भजनाहामा दुई धुर करेसाबारीमा लगाइएको ५० बोट गाँजा काटी जलाइएको उनले बताए।

त्यस्तै, धनगढीमाई १२ हात्तीमारा टोलमा पाँच धुरमा लगाइएको दुई सय ५० बोट, लहान- २४ माणिकदहमा- १० धुर करेसाबारीमा लगाइएको एक सय गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा खेती गर्ने व्यक्तिहरूलाई पक्राउ गरे नगरेको बारेमा भने केही खुलाएको छैन।     
  


 

ad
ad