नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको अवसर पारेर नयाँ योजना ल्याएको छ । कम्पनीले नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने छुट योजनाको अवधि थप गरेको हो ।
यो योजना सीमित अवधिका लागि मात्र गरिएको कम्पनीको भनाइ छ । साथै, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आगामी दिनहरूमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।