१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Saturday, 21 September, 2024
२o८o मङ्सिर २५ सोमबार १o:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामूहिक भोज खाएका एकको मृत्यु, ३९ बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १o:o२:oo

सुन्दरबजार नगरपालिका– ८ डुढकुलामा क्रिसमसका अवसरमा सामूहिक भोज खाएकामध्ये एकको मृत्यु भएको छ । ३९ जना बिरामी परेका छन् । मृत्यु हुनेमा बेँसीसहर नगरपालिका– ४ पुरानकोट घर भई हाल सुन्दरबजार नगरपालिका– ९ भोटेओडार बस्दै आएकी ३२ वर्षीया देवी परियार छिन् ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले आइतबार बिहानीपख ४–५ बजेतिर बेहोस भएपछि परियारलाई अस्पताल ल्याएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेको जानकारी दिए । शुक्रबार बेलुका सामूहिक भोज खाएकामध्ये ३९ जनाको नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । नमुना सामुदायिक अस्पतालका अनुसार उपचार गराइरहेकोमा १० पुरुष र २९ जना महिला छन् ।

१५ वर्षमुनिका तीन बालिका र आठजना बालक छन् । भोज खाएपछि घर गएका उनीहरूलाई पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने समस्या भएको थियो । परियारको मृत्यु भएपछि भोज खाने सबै अस्पताल पुगेका थिए । भोजमा उनीहरूले कालो दाल, भात, कुखुराको मासु, मुलाको अचार, गाउँघरको धाराको पानी खाएको बताएका छन् । फुड प्वाइजनकै कारण उनीहरू बिरामी भएको चिकित्सकले बताएका छन् । शुक्रबार साँझ क्रिसमसका अवसरमा सुन्दरबजार– ८ डुढकुलाका क्षेत्रबहादुर गुरुङको घरमा अनन्त सालोम चर्चमा आबद्ध सुन्दरबजार ८ र ९ बस्दै आएका स्थानीयले सामूहिक भोज खाएका थिए ।