१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट ७ पुसबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३९:oo

नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ७ पुसबाट ‘सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट २०२३’ आयोजना गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट २०२३ आयोजना गर्न लागेको हो । स्टार्ट अप प्रवर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् । 

स्टार्ट अप फेस्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्ट अप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्ट अप्सलाई प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सो प्रस्तुतीकरणका आधारमा कम्पनीहरूले लगानीको प्रतिबद्धता जनाई आशयपत्रमा हस्ताक्षर गर्नेछन् । पुँजी लगानीका लागि टेली भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फज्ड, अध्याता फन्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धतासमेत जनाइसकेका छन् । 

सिएनआइवाइइएफ स्टार्ट अप फेस्ट २०२३ को टाइटल स्पोन्सरमा नबिल बंैक लिमिटेड रहेको छ । यसैगरी, स्पोन्सर कम्पनीहरूमा आरएमसी ग्रुप, एइसिसी ग्लोबल नेपाल, यामाहा, सेरिस इभी, आइएमई पे, बोट लाइफ स्टाइल, बडवाइजर, टर्किस एयरलाइन्स छन् । यस्तै, विकास साझेदारमा भारतीय दूतावास, आइएलओ, युरोपियन युनियनले सहयोग गरेका छन् । 

ad
ad