१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २३ शनिबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटनको शैली फेरिनुपर्छ : अर्थमन्त्री डा. महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार o९:o७:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटनको शैली फेरिनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आठौँ पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरे । 

‘एउटा होटेलबाट सुरु गरौँ न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गानिक खेती गर्न थाल्छन् । खानपिन, रहनसहन, वेशभूषा अर्गानिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन् । अरूतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैनन् ।’ उनले गण्डकी प्रदेश नै सुन्दर ठाउँ भए पनि अहिले नकारात्मक प्रभावबाट दूषित भइरहेको बताए । ‘अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो । यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ । हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ ।’

उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नै आयातमा भ्याट लगाएको बताए । ‘स्याउको आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न आयातीतलाई भ्याट लगाइएको हो । कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरूको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ,’ उनले भने, ‘अब हामी प्राकृतिक खेतीमा फर्किनुपर्छ । पहिला हामीले जे गरिरहेका थियौँ, त्यही नै ठीक हो । अहिले संसार त्यतैतिर फर्किरहेको छ । अब हामीले जीवनशैलीलाई बिस्तारै परिवर्तन गर्न जरुरी छ ।’

ad
ad
ad
ad