Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २२ शुक्रबार o७:५३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार o७:५३:oo

हमासले बन्धक बनाएका विपिन जोशी अझै रिहा नहुनुमा तपाईंको टिप्पणी ? 
इजरायलको पक्षमा सक्रिय देशका नागरिकलाई रिहा गर्नु तर नेपालीलाई बन्धक बनाइराख्नुले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध निष्क्रिय र कूटनीतिक सीपमा खिया लागेको पुष्टि गर्छ । 

यस्तो निष्कर्षको आधार के हो ? 
विपीनलाई छुटाउनु मुख्य एजेन्डा बनाएर कूटनीतिक अनुभव र सम्पर्कलाई उपयोग गर्नुपथ्र्यो । हमासलाई प्रभाव पार्न सक्ने देशको सहयोग लिने प्रयास गर्नुपथ्र्यो । कतार हमासको आर्थिक आड हो । फ्रेन्च ठम्याइमा कतारले हमासलाई मासिक तीन करोड डलर सहायता दिन्छ । क्षेत्रीय सुरक्षा कूटनीतिमा कतारका अमिरको प्रभावशाली भूमिका छ । नेपालप्रति अमिरको विशेष अनुराग रहेको अनुभूति उहाँसँगका भेटमा मलाई भएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलन भएको वेलामा द्विपक्षीय सम्झौता नगर्ने परम्पराविपरीत नेपालसँग सन् २००५ मार्चमा श्रम सम्झौता गरेर नेपालप्रति विशेष सम्बन्धको संकेत दिएकै हो । तर, नेपालले सद्भावनाको यो सञ्चिति जोगाउन सकेन । कतारी परराष्ट्र राज्यमन्त्रीको भ्रमणको अभिप्रायः बुझ्न नेपाल चुक्यो । विपीनको रिहाइमा सहयोग माग्नु कूटनीतिक सीप होइन, नित्यकर्म थियो । हमासमा प्रभाव पार्न सक्ने अर्को देश टर्की हो ।

टर्कीका प्रधानमन्त्रीले ब्रिसबेनमा सन् २०१४ मा भएको जी–२० को बैठककै समयमा अस्ट्रेलियाको ग्रिफिद विश्वविद्यालयमा बोल्दै ‘आध्यात्मको केन्द्र मानिने नेपाललाई अल्पविकसित देशको कित्तामा कसरी राख्न मिल्छ ?’ भनेर नेपालप्रतिको विशेष सम्मान र सद्भावना सार्वजनिक गरेका थिए । तर, नेपालले यो उद्घोषलाई कदर नगरेपछि टर्कीले रुचि लिन छाड्यो । यसरी सद्भावनाका सञ्चिति जोगाउन नसकेकाले हारगुहार पाउन गाह्रो भएको हो । 

तपाईंको सुझाब के छ ?
कतारका अमिर र टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्री आफैँले सम्पर्क गर्नुपर्छ । वैदेशिक सम्बन्धमा गरेको त्रुटिले वर्षाैँवर्षसम्म देशले कष्ट भोग्नुपर्छ भन्ने कूटनीतिक इतिहासको पाठ हो । सामुन्नेको आवश्यकता बुझ्न र विगतको त्रुटि सच्याउन ढिलो गर्नुहुँदैन ।