१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बास्केटबलको फाइनलमा एन्जल्स हार्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२३:oo

एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर पुरुष बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित घरेलु कोर्टमा बुधबार भएको खेलमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५–१५ ले पराजित गर्‍यो । लालीगुराँसको जितमा सर्गम गुरुङले ८ स्कोर योगदान गरे । 

रुपेश पौडेलको ७ स्कोरको सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३–१४ ले हरायो । तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको सिनियर महिलामा हिमरश्मि र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् । हिमरश्मिले न्यु एरालाई २०–१५ ले पाखा लगायो । 

हिमरश्मिकी सिर्जना तामाङले ८ स्कोर गरिन् । ल्यान्डमार्कले लालीगुराँसलाई २३–१८ ले पन्छायो । लालीगुराँसकी मिका केसीले १२ स्कोर गरिन् । यसैगरी, पृथ्वीनारायण मावि दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको पुरुषतर्फको भलिबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्टस् एकेडेमीमा भएको खेलमा पृथ्वीले ल्यान्डमार्कलाई २–० को सोझो सेटमा पराजित गर्‍यो ।

हिमरश्मिले मानसिंह धर्म माविलाई २–१ ले हरायो । नेपाल राष्ट्रिय माविले ग्रामसेवा माविलाई २–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वीनारायण र मानसिंहले आ–आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे । हिमरश्मिका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्सतर्फ ३ हजार मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । 

दुवैले १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । पुरुषमा सनमले निर्धारित दूरी ९ मिनेट ३८.१ सेकेन्डमा पूरा गरे । महिलामा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेन्ड समय खर्चिन् । ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मिकी सिर्जना तामाङले कांस्य जिते । महिला दुई सय मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण जितिन् ।

ad
ad