मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १८ सोमबार १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमकाे प्रयाेग गराैँ : नेपाल प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १५:३९:oo

नेपाल प्रहरीले विदेशमा कमाएको धन नेपाल पठाउँदा आधिकारिक माध्यमबाट पठाउन अनुरोध गरेको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभनमा पारेर  विदेशमा दुःख गरी कमाएको धन ठगी गरेका घटना बढिरहेकाले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोले सूचनामार्फत आधिकारिक माध्यमबाट रकम पठाउन अनुरोध गरेको हो।

नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा सामाजिक सञ्जालकाे माध्यमबाट चिनजान भएकाे व्यक्तिमार्फत पठाउँदा पैसा प्राप्त गरेपछि उक्त व्यक्ति लापत्ता भएकाे पाइएकाे प्रहरीले जनाएकाे छ।