१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 06 July, 2024
२o८o मङ्सिर १८ सोमबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हिमपातले ढोरपाटन उपत्यका सेताम्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १३:५७:oo

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए। 

‘यस वर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको हो,’ कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।’ 

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए। 

ad
ad
ad
ad